बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसले ठक्कर दिँदा एक जनाको मृत्यु

शनिबार, २३ असोज २०७८, १८ : १६
शनिबार, २३ असोज २०७८

बाँकेमा शनिबार बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  जिल्लाको खजुरा गाउँपालिका–७ गुनानास्थित सडकमा भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टरका मालिक खजुरा गाउँपालिका–७ बस्ने ६० वर्षीय जुमाई खानको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप