शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्कारपियोको ठक्करबाट बालकको मृत्यु

शनिबार, २३ असोज २०७८, १७ : ५५
शनिबार, २३ असोज २०७८

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नंको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका उनलाई  एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ  । यता दुर्घटना गराउने गाडीलाई प्रहरीले  नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप