शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गौचनको चौथो स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा

शनिबार, २३ असोज २०७८, १७ : १६
शनिबार, २३ असोज २०७८

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिवार महासंघ प्राङ्गण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधैँ महसुस हुने बताए । त्यस्तै, महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि ठुलो रिक्तता रहेको धारणा राखे । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगमा गौचनले ठुलो गुन लगाएको चर्चा गरेका थिए भने महासचिव रोशन दाहालले गौचनको जीवनी बारे संक्षिप्तमा प्रकाश पारेका थिए । 

श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गीय गौचनको अर्ध कदको सालिकमा माल्यार्पण गरिएको थियो । गौचनको २०७४ साल असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवास नजिकै आपराधिक समूहबाट गोली हानी हत्या गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप