रुपन्देही उद्योग संघको नयाँ नेतृत्व सर्वसम्मत चयन
रुपन्देही उद्योग संघको ४३ औँ वार्षिक साधारण सभा तथा २२ औँ अधिवेशन नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै आज बुटवलमा सम्पन्न भएको छ । संघले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिले शनिवार औपचारिक रूपमा घोषणा गर्दै संघको अध्यक्षमा माधवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएको जनाएको छ ।
आयोगका अनुसार वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरि बहादुर खत्री, कोषाध्यक्षमा हीरामणि भट्टराई, सचिवमा वसन्त ढकाल, सचिव महिलामा मञ्जु भुसाल र सह कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवाली चयन भएका छन् । यसैगरी आजीवन सदस्यमा माधव नेपाल, संस्थागत सदस्यमा अशोक कुँवर, महिला सदस्यमा शारदा भट्टराई र मीना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत यमलाल खनालले बताए ।
वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्दै देशको आर्थिक तथा औद्योगिक विकासमा कसैले पनि पूर्वाग्रह र नकारात्मक सन्देश दिने खालको काम नगर्न आग्रह गरे । पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणमा सहभागी गराउने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुने धारणा बताए ।
पूर्व अर्थमन्त्री पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको जिकिर गर्दै गठबन्धन सरकारले तोडमोड गरेको आरोप लगाए । उनले निर्माणको अन्तिम चरण पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडी बढाउने विषयमा सरकारले आनाकानी गरेको प्रति पनि सचेत गराए । उनले भने, 'आर्थिक विकासका लागि उक्त काम रोकिन हुन्न, जुन सुकै सरकारले गरेका भए पनि राम्रा कामहरू अगाडि बढाउनुपर्छ ।'
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व उद्योग मन्त्री तथा प्रदेश सदस्य लीला गिरिले उद्योगको संरक्षण र विकासका लागि आफ्नो पालामा धेरै राहत र सहुलियत प्याकेजका कार्यक्रमहरू अगाडी सारेको उल्लेख गर्दै त्यस अनुसार काम हुन सकेमा औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव