बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ईपिएलको उपाधि चितवनले जित्यो

शनिबार, २३ असोज २०७८, १६ : ४२
शनिबार, २३ असोज २०७८


चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । 

चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए ।  ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमाउन पुगेको थियो ।

 त्यसपछि पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि ११२ रनको लक्ष्य दिएको थियो । चितवनले १११ रनको लक्ष्य  १५.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप