शिवमले घोषणा गर्यो २९ प्रतिशत नगद लाभांश, यो वर्ष बोनस नदिने
शनिबार, २३ असोज २०७८, १३ : ०५

शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताहरुलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिफलबाट उक्त नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ । यसपटक लगानीकर्तालाई शिवमले बोनस सेयर नदिने भएको छ ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजीबाट लगानीकर्तालाई लाभांशमार्फत २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
-
बलिउड अभिनेता देव मुखर्जीको निधन
-
वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी