बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी सरकार कृषि मैत्री बन्दै गएको छ : मन्त्री रायमाझी

शनिबार, २३ असोज २०७८, १२ : १२
शनिबार, २३ असोज २०७८

लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताइन् ।

उनले  विगतमा भएका ठुला–ठुला अनुदानका कार्यक्रमहरु हटाएर वास्तविक किसानले लाभ लिन सक्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।  कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले कोरोना महामारीपछि विदेशमा भएका युवाहरुले स्वदेशमै लगानी गर्न चाहेको बताउँदै उनीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् ।  उनले किसानलाई व्यवसायीकरण गर्नका लागि बजारीकरणको विशेष नीति ल्याउनुपर्ने समेत बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप