शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनियो ...

शनिबार, २३ असोज २०७८, ११ : २४
शनिबार, २३ असोज २०७८

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान जेल परेका छन् । शुक्रबार मुम्बईस्थित किला अदालतले उनको जमानत गर्न अस्वीकार गरेपछि उनी जेल गएका छन् । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो । आर्यन पक्राउ परेपछि बलिउडका कलाकारले उनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट् गरेका छन् । भने, भारतीय सञ्चार माध्यमले आर्यनसँग जोडिएका प्रसंगहरुलाई समाचार बनाएका छन् ।

यसैबीच, आर्यन र उनका भाइ अबरामको विषयमा एक प्रसंग जोड्दैछौँ । आर्यन र अबरामबीच १५ वर्षको उमेर अन्तर रहेको छ । आर्यनको जन्म सन् १९९७ मा भएको थियो भने सुहानाको जन्म २००० मा भएको थियो । त्यसपछि १३ वर्षपछि मात्रै शाहरुखले अर्को सन्तान बनाएका थिए । १५ वर्षको अन्तरका कारण आर्यनलाई अबरामका पिता भनेर चर्चा गरियो । सन् १०१७ मा टेडएक्स टकमा शाहरुखले भनेका थिए, ‘चार वर्ष पहिले मेरी पत्नी गौरी र मैले तेस्रो बच्चा बनाउने निर्णय लिएका थियौँ । त्यो समय मानिसहरु मेरो सानो छोरा आर्यनको बच्चा भएको दाबी गरिरहेका थिए । जबकी त्यतिबेला आर्यन जम्मा १५ वर्षको थियो । आर्यनको युरोपमा भएको फेक भिडियो देखाएर अबराम आर्यनको छोरा भएको दाबी गरिरहेका थिए ।’

शाहरुखले उक्त अफवाहका कारण आर्यन निकै चिन्तित भएको बताएका थिए । आर्यन उक्त समाचारले निकै बिचलित भएका थिए । उनी सबैलाई युरोपको ड्राइभिङ लाइसेन्स नभएको स्पष्टिकरण दिँदै हिँड्थे । शाहरुख र गौरीको तेस्रो बच्चा अबराम सरोगेसीमार्फत २०१३ मा जन्मिएका थिए । उनी प्रिम्याच्युर जन्मिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप