मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दीपुरमा प्रकाश सपुत र मिरुनाको माया बस्यो

शुक्रबार, २२ असोज २०७८, २२ : ००
शुक्रबार, २२ असोज २०७८

गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरको रोमान्स रहेको म्युजिक भिडियो ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक भएको छ । तनहुँको बन्दीपुरमा छायाँकन भएको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रकाश र मिरुना प्रेमी जोडीको रुपमा देखिएका छन् । मेलिना राईको स्वर रहेको भिडियोमा बसन्त सापकोटाको शब्द, संगीत छ । भिडियोलाई कैलाश राईले निर्माण गरेका हुन् ।  देवेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोमा अनिल के.मानन्धरको छायाँकन र प्रवीण भट्टको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप