बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खड्का बेलग्रेड प्रस्थान

शुक्रबार, २२ असोज २०७८, २१ : ०७
शुक्रबार, २२ असोज २०७८

असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ । 

परराष्ट्रमन्त्री डा.खडकाले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा परराष्ट्रमन्त्रीले द्विपक्षीय एवं अन्य भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा. खडका नेतृत्वको प्रतिनिधिमण्डल असोज २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप