बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : तत्कालीन प्रदेश प्रमुखले फिर्ता पठाएका दुईवटा विधेयक बिना संशोधन पारित

शुक्रबार, २२ असोज २०७८, २० : २७
शुक्रबार, २२ असोज २०७८

प्रदेश २ प्रदेशसभाको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सुझावसहित संशोधनका लागि फिर्ता गरेका दुवै विधेयक विना संशोधन सातौं अधिवेशनको तेस्रो बैठकबाट पारित भएको हो ।

प्रदेश पदक र स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार प्रदेशसभा बैठकले बिना छलफल पारित गरेको हो । तत्कालीन प्रदेश प्रमुख झाले संशोधनका लागि सुझावसहित फिर्ता पठाउनुको औचित्य नरहेको ठहर गर्दै बैठकले सर्वसम्मतबाट दुबै विधेयक पारित गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश पदक विधेयकमा सबै कुरा समेटिएको र यसअघि नै सर्वसम्मतिले पारित भइसकेका कारण छलफलमा समय खेर नफाल्ने ठहर गर्दै सांसदहरुले सर्वसम्मत पारित गर्न सहमति जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले भने प्रदेशसभाबाट सर्वसम्मतिले पारित भइसकेको कुरालाई बेवास्ता गर्दै तात्कालीन प्रदेश प्रमुख झाले प्रदेशसभाको सम्मानमा आँच पु¥याएका कारण त्यसमा आफूहरुले छलफल गर्न आवश्यक नठानेर सर्वसम्मतिले पास गरेको जानकारी दिए ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले सर्वसम्मतिले पारित भइसकेको विधेयकलाई प्रदेश प्रमुखले आफ्नो सुझावसहित विधेयक फिर्ता पठाउनुले प्रदेशसभाको गरिमामा ठूलो आँच पुगेको टिप्पणी गरे । त्यस्तै स्वास्थ्य सम्बन्धी कानून निर्माणका लागि सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रस्ताव गरेको स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित भएको छ ।

तत्कालीन प्रदेश प्रमुख झाले पहिलोपटक गत फागुन २६ मा ती दुबै विधेयक सुझावसहित फिर्ता पठाएका थिए । उनको सुझाबलाई बेवास्ता गर्दै फेरि प्रमाणीकरणका लागि पठाइएकोमा गत असार ३१ मा उनले दुबै विधेयक फिर्ता पठाएका थिए । प्रदेश प्रमुख झाले विधेयक सच्याउन स्वास्थ्य सम्बन्धी विधेयकमा १३ बुँदे र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ११ बुँदे सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप