शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा नयाँ मन्त्रीको चहलपहल (फोटोफिचर)

शुक्रबार, २२ असोज २०७८, २० : ०३
शुक्रबार, २२ असोज २०७८

नवनियुक्त मन्त्रीहरुले शपथ लिएसँगै शुक्रबार साँझ सिंहदरबारमा पुगेर पदभार सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्रीलाई आज नियुक्त गरेकी थिइन् । यससँगै देउवा सरकारले पूर्णता पाउँदै २५ सदस्यीय बनेको छ । 

नवनियुक्त मन्त्रीहरुको आजै राष्ट्रपति भवनमा शपथ भएको थियो भने शपथ पछि उनीहरु मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुका साथै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । 
मन्त्रीहरुको पदभार हुने भएपनि शुक्रबार साँझ सिंहदरबारमा नेता कार्यकर्तादेखि कर्मचारी लगायतको निकै चहलपहल देखिन्थ्यो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप