शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न लागिपर्छु : नवनियुक्त मन्त्री पौडेल
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन् ।
उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताए । उनले भने, ‘शिक्षाका समस्याहरु छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म मेरो आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दापनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरुको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु ।’
मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण