शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गजेन्द्र हमाललाई काँग्रेसको तर्फबाट मन्त्री बनाइएको होः सरकारका प्रवक्ता

शुक्रबार, २२ असोज २०७८, १९ : ४७
शुक्रबार, २२ असोज २०७८

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाललाई नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनाइएको दावी गरेका छन् । 
काँग्रेसको तर्फबाट हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेको उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि बताए । 

नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको दावी थियो ।  प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप