सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखराबाट लागुऔषध सहित एक जना पक्राउ

शुक्रबार, २२ असोज २०७८, १९ : २४
शुक्रबार, २२ असोज २०७८

पोखराबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा –३० गगनगौंडा पावर हाउसमा चेकजाँचका क्रममा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका –५ का रामसेवक लोधका ३७ वर्षिय छोरा हरिहर लोध रहेको प्रहरीले जनाएको छ ।

पोखरामा ठूलो मात्रामा लागूऔषध भित्रिदै गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडांबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोधको साथबाट डाईजापाम–१५८ एम्पुल, नुर्फिन–१५८ एम्पुल, फेनार्गन– १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल, नाइट्रोभेट ट्याब्लेट १३५ चक्की र मोबाईल–१ थान बरामद गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका लोधलाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान जारी राखिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप