देउवा सरकारका यी हुन् ६ महिला मन्त्री
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिला मन्त्री बनेका छन् । झण्डै तीन महिनापछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा २५ सदस्यीय देउवा सरकारमा ६ जना महिलाले मन्त्री बन्ने अवसर पाएका हुन् ।
माओवादी केन्द्रले देउवा सरकारमा ६ मन्त्री पाएकोमा आफ्नो तर्फबाट ३ महिला मन्त्री पठाएको छ । जसमा पम्फा भुसाल उर्जा, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् । त्यस्तै काँग्रेसबाट महिला मन्त्रीका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
एकीकृत समाजवादी र जसपाले एक–एक जना महिलालाई मन्त्री बनाएका छन् । समाजवादीबाट रामकुमारी झाँक्रीले सहरी विकास, जसपाबाट रेणु कुमारी यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएकी हुन् । समग्रमा देउवा सरकारमा महिलाको प्रतिनिधित्व २४ प्रतिशत पुगेको छ । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण