शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारका यी हुन् ६ महिला मन्त्री

शुक्रबार, २२ असोज २०७८, १९ : १६
शुक्रबार, २२ असोज २०७८

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिला मन्त्री बनेका छन् । झण्डै तीन महिनापछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा २५ सदस्यीय देउवा सरकारमा ६ जना महिलाले मन्त्री बन्ने अवसर पाएका हुन् ।

माओवादी केन्द्रले देउवा सरकारमा ६ मन्त्री पाएकोमा आफ्नो तर्फबाट ३ महिला मन्त्री पठाएको छ । जसमा पम्फा भुसाल उर्जा, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् । त्यस्तै काँग्रेसबाट महिला मन्त्रीका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन् ।  

एकीकृत समाजवादी र जसपाले एक–एक जना महिलालाई मन्त्री बनाएका छन् । समाजवादीबाट रामकुमारी झाँक्रीले सहरी विकास, जसपाबाट रेणु कुमारी यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएकी हुन् ।  समग्रमा देउवा सरकारमा महिलाको प्रतिनिधित्व २४ प्रतिशत पुगेको छ । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप