सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीहरुको शपथलगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रबार, २२ असोज २०७८, १८ : ५४
शुक्रबार, २२ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् । बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आजै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने उनीहरुको राष्ट्रपति भवन शीतल निवासमा साँझ शपथ भएको थियो । शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन्  । आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो । मन्त्रिपरिषद्का बैठकपछिमात्रै नवनियुक्त मन्त्रीहरुको पदभार हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप