शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड, १९ लाख ५६ हजारको हात खाली

शुक्रबार, २२ असोज २०७८, १८ : ४९
शुक्रबार, २२ असोज २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको कुल ८ लाख कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँड भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार कम्पनीको आईपीओ बाँडफाँड भएको र कुल सहभागी मध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर हात पारेको जानकारी दिएको छ  भने सेयर भर्ने मध्ये १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको सेयर खरिद आवेदनमा कुल २० लाख ३० हजार ५५५ जना सहभागि भएका थिए । उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताभन्दा ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो ।

जसमध्ये कुल आवेदकमध्ये १६ हजार ३३ वटा संख्याबाट परेको १ लाख ९८ हजार ४४० कित्ताको आवेदन रद्द भएको छ भने २० लाख १४ हजार ९२२ वटा संख्याबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ताको माग सदर भएको सिभिल क्यापिटलले जनाएको छ । 

नजिता कम्पनीको वेबसाइट, सिडिएस र विक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइटबाट समेत हेर्न सकिनेछ । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप