सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१० बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझियोस्ः ईश्वर पोखरेल

शुक्रबार, २२ असोज २०७८, १८ : ४५
शुक्रबार, २२ असोज २०७८

नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन् । महासचिव पोखरेलले दश बुँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरूलाई समेटेर लैजादामात्रै १० बुँदे सहमतिको जीवन्त कार्यन्वयन हुने दावी समेत गरे । उनले भने,  ‘दश बुँदे ठिक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढंगले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अव के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्ने बारे समिक्षा गरौंला । तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो । दश बूँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नु हुँदैन । सृजनात्मक ढंगले बुझ्नु प¥यो ।’

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पु¥याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप