आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकले सेयरधनीलाई २६% लाभांश प्रदान गर्ने, तीन वर्ष यता कै उच्च

शुक्रबार, २२ असोज २०७८, १८ : ११
शुक्रबार, २२ असोज २०७८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

असोज २० गते बसेको बैंकको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको हो । 

संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको पनि बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप