काँग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए ।
सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए ।
दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मक रुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनुभएको डा.महतले जानकारी दिए ।
त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उनले बताए । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उनले जानकारी दिए ।
सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिनुभएको पनि डा.महतले बताए ।
उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा.महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर रहेका थिए ।
भारतीय जनता पार्टीको आमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा.महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी क्रिकेटअघि बङ्गलादेशलाई शकिबको ‘बलिङ एक्सन’ को चिन्ता
-
दुई दलीय तानाशाही चाहिएको छैन, सङ्घर्षका लागि तयार छौँ : सीके राउत
-
तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
रविसहित सातै जनालाई अदालत लगियो, आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा
-
असममा छापा मार्न हिँडेको प्रहरी टोलीलाई गुगल म्यापले पुर्यायो नागाल्याण्ड
-
सत्ताको अस्त्र नबनोस् सम्पत्ति शुद्धीकरण मुद्दा !