सकियो केकीको ‘घिन्ताङ’

फिल्म ‘घिन्ताङ’ को छायाँंकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै फिल्म सकाइएको निर्देशक दीपक श्रेष्ठले बताए । ‘फिल्मको एक गीत जहिले छायाँकन गर्दा पनि हुन्छ । फिल्मको सिनहरु भने सबै सकियो’ निर्देशक श्रेष्ठले भने, ‘गीतको छायाँकन दसैँ पछि हुन्छ ।’
काभ्रेमा छायाँकन गरिएको फिल्मको निर्माता पनि दीपक श्रेष्ठ हुन् । फिल्ममा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भूमिका फिल्ममा रहनेछ ।
राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांँकन रहन्छ । ६० लाखको लागत निर्माण अनुमान गरिएको फिल्म गत वैशाखमै सुरु गर्ने योजना निर्देशक श्रेष्ठको थियो । तर कोरोनाको कारण उनको योजना पूरा हुन सकेन ।
दीपकले ९ वर्षपछि यसै फिल्म मार्फत निर्देशनमा कमब्याक गरेका हुन् । त्यसैले पनि उनी ‘घिन्ताङ’ आफ्नो महत्वाकांक्षी फिल्म भएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी