शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउने

शुक्रबार, २२ असोज २०७८, १६ : ५४
शुक्रबार, २२ असोज २०७८

नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । शनिबार २ बजे  १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप