शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

शुक्रबार, २२ असोज २०७८, १६ : ५१
शुक्रबार, २२ असोज २०७८

देशभर थप ७६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ६८८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १० जनाले ज्यान गुमाएका छन् भने १०३३ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिको परीक्षणमा ८ लाख ९९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ८३९ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ७४ हजार १७३ जना निको भएका छन् भने कुल ११ हजार २१० जनाको मृत्यु भएको छ । हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप