जो चर्चामा रहे तर भएनन् मन्त्री
गत असार २९ मा गठबन्धनको सरकार बनेपछि मन्त्री बन्ने भनेर लगातार सञ्चारमाध्यममा छाएका तीन जना नेताले अन्तत मन्त्री पद पाएनन् । चर्चामा रहेर पनि मन्त्री बन्नबाट बञ्चित भएकाहरुमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल र जनता समाजवादीका मोहम्मद इस्तियाक राई हुन् । गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका नेताहरुको आन्तरिक व्यवस्थापन नमिल्दा चर्चामा रहेका तीन पार्टीका तीन जना नेता चर्चामै सीमित बनेका हुन् ।
चर्चा एउटा, जिम्मेवारी अर्को
शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार र कार्यविभाजन गर्दा यसअघि नेताहरुले पाउने मन्त्रालय पनि परिवर्तन भएको छ । जस्तो कि यसअघि नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले रक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा मन्त्रालय पाउने चर्चा भएको थियो । तर झाँक्रीले जिम्मेवारी पाउँदा सहरी विकास मन्त्रालय पाइन् । त्यस्तै समाजवादीकै विरोध खतिवडा स्वास्थ्य र सहरी विकासमा चर्चा भएपनि जिम्मेवारी स्वास्थ्य मन्त्रालयको पाएका छन् । उता पर्यटन मन्त्रालय पाउने चर्चा भएका प्रेम आलेले भने सोही मन्त्रालय पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण