बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्रीविहीन भयो देउवा सरकार, दोस्रो र तेस्रो वरियता काँग्रेसकै

शुक्रबार, २२ असोज २०७८, १६ : ११
शुक्रबार, २२ असोज २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन भएको छ । शुक्रबार देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा कसैलाई पनि उपप्रधानमन्त्री नबनाइएको हो ।  सत्ता गठबन्धनमा समीकरण मिलाउनका लागि उपप्रधानमन्त्री नबनाइएको बताइएको छ । 

यसैबीच देउवा सरकारमा दोस्रो र तेस्रो वरियता काँग्रेसले नै पाएको छ । काँग्रेस नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन् ।  त्यसपछि माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसालको वरियता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप