शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पम्फा भुसालको नेतृत्वमा माओवादी देउवा सरकारमा, कसको वरियता कति ?

शुक्रबार, २२ असोज २०७८, १६ : ०८
शुक्रबार, २२ असोज २०७८

नेकपा माओवादी केन्द्रबाट पम्फा भुसालले देउवा सरकारमा नेतृत्व गरेकी छिन् ।  उनलाई देउवा सरकारमा चौथो वरियता दिइएको छ । यस्तै उनको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिञ्चाई रहेको छ । 

माओवादीको तर्फबाटै जनार्दन शर्मा अर्थ मन्त्री रहेका छन् । उनको वरियता सातौँ रहेको छ भने शिक्षा मन्त्री रहेका देवेन्द्र पौडेलको वरियता १४ औं नम्बरमा रहेको छ ।

यसैगरी भूमि सुधारमन्त्री रहेकी शशी श्रेष्ठको वरियता १७ औं रहेको छ भने खेलकुद मन्त्री महेश्वरजंग गहतराजको वरियता २२ नम्बरमा रहेको छ । यस्तै अन्तिम वरियतामा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप