उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिए*
शुक्रबार, २२ असोज २०७८, १५ : ४९
![उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिए*](https://rpcdn.ratopati.com/media/albums/umesh_shrestha_oDla6vDPkg.jpg)
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।
शुक्रबार देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । उनको ठाउँमा भने नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।
*यसअघि समाचारमा अन्यथा भएकामा क्षमायाचनासहित सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे