लुम्बिनी प्रदेश : गठबन्धनमा कुरा नमिल्दा रोकियो मन्त्रिपरिषद् विस्तार
लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको रातोपाटीलाई बताए ।
नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा नेपाली काँग्रेसमा देखिएको खटपटका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको उनको भनाइ छ । काँग्रेसका प्रमुख सचेतक फुखरुदिन खानले काँग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको रातोपाटीलाई बताए ।
सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने लगभग निश्चित भइसकेको छ । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनी केही अघि एमाले र माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी हुन् ।
काँग्रेसले पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको थियो । तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ भने काँग्रेसको भागमा परेको राज्य मन्त्रीमा पनि धेरै आकांक्षी भएका कारणले मन्त्रिपरिषद विस्तार रोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण