बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले टुङ्ग्यायो चार मन्त्री

शुक्रबार, २२ असोज २०७८, १५ : १४
शुक्रबार, २२ असोज २०७८

नेपाली काँग्रेसबाट चार जना मन्त्री बन्ने भएका छन् । मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी र उमा रेग्मी मन्त्री बन्ने भएका हुन् ।​ रक्षमा रिजाल र कानुनमा बडू मन्त्री बन्ने भएका हुन् भने उमाकान्त चौधरी खानेपानी मन्त्री भएका हुन्  ।

उमा रेग्मीलाई महिला तथा बालबालिका मन्त्री बनाउने भएका हुन् । यसअघि काँग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री छन् । कार्कीलाई कानुनबाट सञ्चार मन्त्रीमा सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप