शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राम रहिम हत्याका दोषी ठहरिए, मंगलबार सजायको घोषणा

शुक्रबार, २२ असोज २०७८, १४ : ३६
शुक्रबार, २२ असोज २०७८

डेरा सच्चा सौदा प्रमुख गरमीत राम रहिम डेरा प्रेमी रंजित सिंहको हत्याको मामिलामा दोषी ठहर भएका छन् ।​पञ्चकूलामा सीबीआईको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यो मामिलामा गुरमित राम रहिमबाहेक पाँच अन्य व्यक्तिलाई पनि दोषी ठहर गरिएको छ । आउँदो मंगलबार उनीहरुको सजायबारे घोषणा हुनेछ ।

यद्यपि, राम रहिम बलात्कार र एक पत्रकारको हत्याको ममिलामा पहिले देखि नै जेलमा आफ्नो सजाय काटिरहेका छन् ।​ रणजीत सिंह डेराको प्रतिबन्धित १० सदस्ययुक्त समितिका सदस्य थिए । सन् २००२ मा उनको हत्या गरिएको थियो । यसका लागि डेरा प्रमुखलाई अभियुक्त मानिएको थियो ।

गुरमित राम रहिमको विवादसँग पुरानो सम्बन्ध छ । १५ अगस्ट सन् १९६७ मा राजस्थानको श्रीगंगानगरमा जन्मिएका राम रहिम सन् १९९० मा डेरा सच्चा सौदाका प्रमुख बने । डेराको स्थापना सन् १९४८ मा शाह मस्तानाले गरेका थिए । भारतमा यसका ५० भन्दा बढी आश्रम र लाखौं संख्यामा अनुयायी छन् ।

डेराको प्रमुख काम सामाजिक कार्य, रक्तदान र गरिबका लागि मद्दत जुटाउनु हो । यतिमात्रै होइन, डेरा प्रमुख फिल्ममा पनि देखिइसकेका छन् ।​ गुरमित राम रहिमका छोराको विवाह कांग्रेस सदस्य हरमिन्दर सिंह जस्सीकी छोरीसँग भएको हो । यद्यपि, हरियाणाको पछिल्लो चुनावमा उनले भारतीय जनता पार्टीको समर्थन गरेका थिए ।

सिरसास्थित आश्रममा डेराको अस्पताल पनि छ जहाँ मानिसहरुको निकै सस्तो उपचार गरिन्छ ।

डेरा प्रमुख बनेपछि राम रहिम विवादमा थुप्रै पटक घेरिए ।

राम रहिमसँग जोडिएको पहिलो चर्चित विवाद सन् १९९८ मा आएको थियो । त्यतिबेला गाउँ बेगूमा एउटा बालक डेराको जीपको मुनी आएका थिए । यो खबर त्यहाँको समाचार पत्रमा छापिएका थिए । डेराका सदस्यले पत्रिकाको कार्यालयमा हंगामा गरे । पछि डेराको तर्फबाट मागी मागियो ।

सन् २००२ मा एउटा ठूलो घटना सार्वजनिक भएको थियो । एक कथित साध्वीले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पञ्जाब एवं हरियाणा उच्च न्यायालयका मुख्य न्यायाधीशलाई एउटा पत्र लेखेर गुरमित राम रहिममाथि यौन उत्पीडनको आरोप लगाइन् । यो घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिइयो ।

 त्यसै वर्ष राम रहिममाथि एक पत्रकार रामचन्द्र छत्रपति, जसले् डेरा सच्चा सौदामाथि खबर लेखिरहेका थिए । उनीमाथि डेराका नै प्रबन्धक रणजीत सिंहको हत्याको आरोप लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप