आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बाँके र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु

शुक्रबार, २२ असोज २०७८, १४ : २९
शुक्रबार, २२ असोज २०७८

बाँके र बर्दियामा भएका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।

भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ  । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा  भे ९ प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–१ बस्ने २१ वर्षीय दिपक बुढामगर रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप