बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए आईसीसी महिला संयोजकमा थापाको दाबेदारी

शुक्रबार, २२ असोज २०७८, १४ : २६
शुक्रबार, २२ असोज २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२१–२०२३ को लागि आइसीसी महिला संयोजकमा अमेरिकाबाट उमा कार्की थापाले आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्। अमेरिकामा रहेका नेपाली र अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै थापाले उम्मेदवारीमा दाबी गरेकी हुन्। 

गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष समेत रहेकी उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन्। यसैगरी एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकपनि भैसकेका छिन्।

एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेपलिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन्। अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा कार्कीले यो संस्थालाई चार वर्ष सफलताका साथ चलाएका थिइन्। सन २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कसँग आवद्ध रहँदा उनको कार्यशैली र समाससेवाप्रतिको लगावको आज पनि तारिफ हुने गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप