बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

शुक्रबार, २२ असोज २०७८, १४ : २१
शुक्रबार, २२ असोज २०७८

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ ।

एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् । विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो ।

मेहन्दीमा सुप्रियाका नजिकका साथीहरु सहभागी थिए । सुप्रिया मोडलिङ हुँदै पछिल्लो समय टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत छिन्, भने सुदर्शन फिल्म निर्देशन गरेका सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप