प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता
शुक्रबार, २२ असोज २०७८, १४ : ०२
![प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता](https://rpcdn.ratopati.com/media/albums/samsad-uml_4_EaeqPJlW8I.jpg)
संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभामा पेश गरेको सो प्रस्तावमाथि बहुमत सांसदले स्वीकृत गरेका हुन् ।
मन्त्री कार्कीको प्रस्तावको विपक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल रहेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक फिर्ताको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले विधेयक फिर्तामा स्वीकृती जनाएका थिए भने सुवालको फिर्ता लिन नहुने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
नेकपा एमालेको नाराबाजी र अवरोधकाबीच सरकारले प्रतिनिधिसभाबाट विधेयक फिर्ता लिएको हो । प्रतिनिधिसभाको बैठक असोज २५ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलभेँडामा पनि भेटिन थाल्यो विषादी
-
स्ववियु निर्वाचनबारे त्रिविले गर्यो विद्यार्थी संगठनहरूसँग छलफल
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने