९ अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान
नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । बिहीबार चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अभिनेत्रीहरूलाई सम्मान दिएकी थिइन् । सम्मान पाउनेमा चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ल र पछिल्लो पुस्ताका केकी अधिकारी, सुरक्षा पन्त, निता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरी रहेका थिए ।
कलाकारिताको माध्यमबाट नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । २०७६ सालबाट अभिनेत्री रेजिनाले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ सुरु गरेकी हुन् । रेजिना इन्टरटेनमेन्ट प्रा.लि. अभिनेत्री रेजिना र शहीद फिल्मस् प्रा.लि. अभिनेत्री विमल केसीको फिल्म निर्माण कम्पनी हो ।
कार्यक्रममा मन्त्री भुसालले कोरोनाले थलिएको फिल्म क्षेत्रको समस्या समाधान गर्न सक्दो प्रयास गर्ने बताइन् । ‘नवदुर्गा सम्मान’ हरेक वर्ष ९ जनालाई दिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान