दक्षिण कोरियामा यौन दुर्व्यवहारपछि महिला सैन्य अधिकारीद्वारा आत्महत्या, १५ जना आरोपित

दक्षिण कोरियामा आफूमाथि समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप लगाउने एक महिला एयर फोर्स अधिकारीले आत्महत्या गरेपछि १५ जनामाथि मुद्दा चलाइएको छ । यो घटना लुकाउन खोज्ने दर्जनौँ एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको कारबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ठूलो हंगामा मच्चिएको थियो ।
गत मार्चमा एयरफोर्स मास्टर सार्जेन्ट रहेकी ती महिलालाई सैन्य बेसमा आयोजित एक डिनर मिटिङबाट घर फर्कने क्रममा कारमा पुरुष समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप थियो । उनले यो घटना आफ्ना सिनियर अधिकारीहरुलाई रिपोर्ट गरे पनि अनुसन्धानमा उनीहरुले त्यो घटनालाई लुकाउन खोजेर सहमति गर्न बाध्य पारिएको खुलासा भएको थियो । उनले मेमा आत्महत्या गरेकी थिइन् ।
राष्ट्रपति मुन जेले घटनामा माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए । योङले आफ्ना महिला अफिसरको मृत्युमा ‘गहिरो जिम्मेवारी’ लिँदै राजीनामा दिएको बताएका थिए । यो घटनामा गत जुनमा एक पुरुष सार्जेन्टलाई पक्राउ गरिएको थियो तर हाल कानुनी कारबाही चलिरहेको छ ।
अर्को घटनामा एक तेस्रो लिंगी सैनिकमाथि गैरकानुनी रुपमा भेदभाव गरेको कारण जबरजस्ती सेवा छाड्न बाध्य बनाएको एक अदालतले फैसलामा उल्लेख गरेको छ । ती सैनिक पछि आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए । दक्षिण कोरियाको पहिलो तेस्रो लिंगी सैनिकको मृत्युको कारणबारे आधिकारिक जानकारी दिइएको छैन । तर, उनले आत्महत्या गरेको समाचारहरु प्रकाशित भएका थिए ।
दक्षिण कोरियाको सेनामाथि आफ्ना महिला सैनिकको सुरक्षा गर्न नसकेको आरोप लाग्दै आएको छ । सेनामा यौन दुर्व्यवहारका घटना बाहिर आएपछि सांसदहरुले यो वर्ष कानुन पारित गर्दै ती मुद्दाको सुनुवाई नागरिक अदालतमा गर्नुपर्ने बनाएको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु