राप्रपा २६ जिल्लाको अधिवेशन गर्न असफल, महाधिवेशन सर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले २६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको बताए । उनले बाँकी जिल्लाको अधिवेशन गर्न छिट्टै अध्यक्षत्रयको बैठक बसेर निर्णय लिने बताए ।
निर्वाचन समितिका सदस्य सचिव गीताभक्त जोशीका अनुसार हालसम्म ५१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेकामा ८ जिल्लामा देखिएको केही विवाद समाधान उन्मुख रहेको बताए । बाँकी १८ जिल्लाको हकमा पनि पार्टीको निर्णयपछि सहमति जुटाएर चाँडोभन्दा चाँडो अधिवेशन गर्न प्रयास गरिने उनको भनाइ छ ।
राप्रपाले असोज २० गतेसम्म अधिवेशन र सक्रिय सदस्यता वितरणको विषय २५ गतेसम्म टुंगो लगाएपनि सो समयमा काम पूरा नभएकाले अब महाधिवेशन नै सर्ने निश्चित भएको एक उच्च नेताले बताए । सम्भवतः शनिबार अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबीच बैठक बसेर आवश्यक निर्णय हुने ती नेताको भनाइ छ ।
राप्रपाभित्र महाधिवेशन सारेर मंसिर अन्तिम सातातिर गर्नेगरी छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध