बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको भाउ ३२ पैसाले घट्यो, यस्तो छ अन्य मुद्राको अवस्था

शुक्रबार, २२ असोज २०७८, १२ : ३१
शुक्रबार, २२ असोज २०७८

नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमय दर गत बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ ३२ पैसाले अवमूल्यन भएको छ । बैंककाअनुसार गत बिहीबार ६ महिना यताकै उच्च विन्दु (११९.६७) मा पुगेको डलरको भाउ आज ३२ पैसाले घटेर एक डलरको नेपाली खरिददर ११९.३५ पैसामा झरेको हो । 

यस्तै, आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्री दर १३८ रुपैयाँ ६६ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ भने आज क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८६ पैसा र बिक्री दर ९५ रुपैयाँ ३३ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६१ पैसा रहेको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप