सुनसरीबाट अपहरणमा परेका बालकको उद्धार

सुनसरीको कोशी गाउँपालिका–७ स्थित नेपाल भारत सिमाबाट अपहरणमा परेका बालकको उद्धार गरिएको छ । बिहिबार स्थानिय १३ वर्षीय दिपेन सदा अपहरणमा परेका थिए । सिमानाबाट करिब ३५ किलोमिटर पर भारतको सुपौला जिल्ला स्थित बलबदैपुरबाट उनको उद्धार गरिएको सुनसरीका एसपी सन्जयसिंह थापाले रातोपाटीलाई बताए । एसपी थापाले भने–‘भारतिय प्रहरीको सहयोगमा बालकलाई सकुशल उद्धार गरेर नेपाल ल्याएका छौं ।’
भारतिय नागरिक मुकुम मियाँ समेतले उनको अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मुकुम नेपालबाट भारततर्फ मजदुरी गर्ने कामदार लैजाने ठेकेदार हुन् । २० जना कामदार उपलब्ध गराउँछौँ भनेर कोशी गाउँपालिकका भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख पैसा लिएको तर, कामदार नपठाएको झोँकमा बालक अपहरण गरेको अनुसन्धानबाट खुलेको छ ।
बालकको परिवारसँग कुनै लेनदेन नभएको तर, अपहरणपछि बालकका बुवा गणेशजी सदा मार्फत भुल्टन सदासँग फोनमा कुरा गरेर पैसा मागेको एसपी थापाले बताए ।
कोशी गाउँपालिकाका मुसहर समुदायका मानिस भारतमा मजदुरी गर्न जाने गरेका छन् । मुकुम मजदुर संकलक हुन् । भुल्टन सदाले चाहिँ आफुले मुकुमलाई पैसा तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?
-
इलाका प्रहरी कार्यालयमा पुस्तकालय
-
एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना