बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा सागर धिमालले ल्याए ‘हर्षमय’

शुक्रबार, २२ असोज २०७८, ११ : ५०
शुक्रबार, २२ असोज २०७८

उदयीमान गायक सागर धिमालले दसैँ–तिहारको अवसरमा दसैँको अवसरमा ‘हर्षमय’ गीत सार्वजनिक गरेका छन् । ‘हर्षमय बनोस्, खुसीमय बनोस् दशैं र तिहार..’ बोलको यस गीतलाई धिमाल आफैंले कम्पोज गरेका हुन् । गीतको शब्द हरि गजुरेलले लेखेका हुन् । त्यसैगरी सरोज विष्टले गीतलाई एरेन्ज गरेका छन् । 

गीतको भिडियोमा सागर धिमाल, हरि गजुरेल, राजेश खत्री, सुदीप अधिकारी, नमराज बुढा, सुवास धिमाल, विशाल काफ्लेलगायत देखिएका छन् । गीतको भिडियो अनिश तिमल्सिनाले खिचेका हुन् । अभिषेक राजोपाध्यायले भिडियो सम्पादन गरेका छन् । त्यसैगरी राम तामाङले यसको निर्देशन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप