शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलाकी’ मा सुरक्षा पन्त

शुक्रबार, २२ असोज २०७८, ११ : ४४
शुक्रबार, २२ असोज २०७८

अभिनेत्री सुरक्षा पन्त फिल्म ‘बुलाकी’ मा अनुबन्धित भएकी छन् । फिल्म ‘ग्रीन बर्ड’ को छायाँकन भर्खर पुरा गरेकी पन्तसँगै यो फिल्ममा नरेन खड्का समेत मुख्य भूमिका रहेको छ । अभिनेता नरेनले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै  फिल्मको बारेमा जानकारी दिएका छन् ।

जारी प्रथाको कथामा बन्न लागेको फिल्मको कात्तिकबाट छायाँकन सुरु हुनेछ । फिल्ममा विराज विस्ट, अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहनेछ ।

लक्ष्मण सुनारको निर्देशन रहने फिल्मको अधिकांश छायाँकन डोल्पामा हुनेछ । कर्णालीको भाषा समेटिने फिल्मका निर्माता मोति विष्ट र गोपाल बिस्ट हुन् भने सह–निर्मातामा प्रकाश कँडेल (सौगात) रहेका छन् । शिव ढकालको छायाँकन, श्रीकृष्ण बल मल्लको संगीत र शिव परियार/प्रविशा अधिकारीको स्वर फिल्ममा रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप