मधुमेहका बिरामीको ‘सुगर लेभल’ १५ मिनेटमा घटाउने यो जुस

हाम्रो शरीरमा एक दिनमा रक्तचापको लेभलमा धेरै पटक उतारचढाव आउने गर्छ । यसलाई नियन्त्रणमा राख्न आवश्यक छ । विशेषगरी, मधुमेहका रोगीले यसमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह र रगतमा चिनीको मात्रा धेरै हुँदा अत्यधिक पानी प्यास लाग्ने गर्छ । यसका साथै, आँखामा धमिलोपन आउने, बान्ता हुने जस्ता लक्षणहरु देखापर्छन् । मन बेचैन हुने, मुख सुख्ने र अत्यधिक थकाइ लाग्ने आदि समस्या हुन्छन् ।
चिकित्सकहरुले रगतमा चिनीको मात्रा घटाउनुभन्दा अगाडि जाँच गर्न आवश्यक भएको बताएका छन् । मधुमेहका रोगीहरुले रगतमा चिनीको मात्रा नाप्नका लागि मिटर वा टेस्ट स्ट्रिपको प्रयोग गर्ने गर्छन् । मधुमेह पीडितको रगतमा चिनीको मात्रा खाना खानुअघि ४.० देखि ५.९ mmol/L हुन आवश्यक छ । मधुमेहको टाइप १, २ र मधुमेहबाट पीडित बालबालिकाको सुगर लेभल ४ देखि ७ mmol/L हुन आवश्यक छ ।
डायबेटिज युकेकी सिनियर क्लिनिकल एड्भाइजर एस्थर वोल्डनले टाइप २ डायबेटिजबाट पीडित व्यक्तिहरुको रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा हृदयघात, स्ट्रोक, मिर्गौला फेल हुने, आँखासँग जोडिएका समस्याहरुको जोखिम कम गर्न सकिन्छ ।
विशेषज्ञले विभिन्न प्रकारका जुसहरुले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्ने बताएका छन् । हालै गरिएको एक अध्ययनमा अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा १५ मिनेटमा नियन्त्रणमा आउने पत्ता लागेको छ । रगतमा चिनीको मात्रा कम गर्न अनारको जुस फाइदाजनक पाइएको उक्त अध्ययनमा उल्लेख छ ।
अनारमा एक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा ग्रिन टि वा रेड वाइनमा भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । जसले मधुमेह जस्ता रोगीहरुको शरीरमा फ्रि रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । अनारको बिउले इन्सुलिन सेन्सिटिभिटीलाई सही बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने