चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने
नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।
अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’राख्न लागिएको हो । त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय बिहीबारै भैसकेको छ ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रक्रिया पुर्याएर शुक्रबारै निर्वाचन आयोग जाने तयारीमा लागेको जानकारी दिए । ‘सकेसम्म आजै निर्वाचन आयोग जाने तयारी हो, भ्याइएन भने आइतबारसम्म जान्छौ’, खतिवडाको भनाइ छ ।
निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । ‘आयोग जानुअघि दुवै पक्ष (समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जीवन राई)को पार्टीका तर्फबाट संयुक्त वक्तव्य जारी गर्नुपर्ने हुन्छ । त्यसको ड्राफ्ट बनाउने काम भइरहेको छ’, राईले सोही अनुसार तयारी भैरहेको बताए ।
नेकपा एकीकृत समाजवादीले गत भदौ नौ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीले आफ्नो चिन्ह ‘किताब’ प्रस्ताव गरेर सोही आधारमा आयोगले मान्यता दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण