शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गालगायत देवीदेवताको आकर्षक मूर्तिको दसैँमा हुन्छ भव्य व्यापार (तस्बिरहरु)

शुक्रबार, २२ असोज २०७८, १० : ३२
शुक्रबार, २२ असोज २०७८

हिन्दु नेपालीको महान चाड दसैँ बिहीबारदेखि सुरु भइसकेको छ । बिहीबार घरघरमा घटस्थापना गरेर दसैँको शुभारम्भ गरियो । आज  नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।

दसैँको बेला देवी दुर्गालगायतका देवीदेवताको मूर्ति समेत दसैँघरमा राखेर पूजा अर्चना गर्ने प्रचलन छ । त्यसैले यतिबेला माटोबाट निर्मित देवीदेवताको आकर्षक मूर्तिको भव्य व्यापार हुनेगर्छ । 
ललितपुरको कुपण्डोलमा कालीगढ बिकाउ पण्डितलाई केही दिनयता मूर्ति बनाउन भ्याइनभ्याइ छ । दसैँ लागेपछि मूर्तिको व्यापार राम्रो रहेको उनले रातोपाटीलाई बताए । 

दुर्गाको मूर्तिको अर्डर धेरै आएको भन्दै उनले यस्तो मूर्तिको व्यापार मौसमी भएकाले यो छेकोमा कामको चाप पनि धेरै हुने र आम्दानी पनि राम्रो हुने गरेको उनको भनाइ छ । विशेषगरी घटनास्थापनाको दिन मूर्तिको व्यापार धेरै हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप