इस्लामिक राष्ट्रहरूको संगठनले किन गर्यो भारतको आलोचना ?
इस्लामिक राष्ट्रहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले भारत सरकारको आलोचना गरेको छ । ओआईसीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको पूर्वोत्तर राज्य असमको दरंग जिल्लामा पछिल्लो महिना सरकारी जमिनबाट सयौँ मुस्लिम परिवारलाई कथित रूपमा हटाउने क्रममा भएको प्रहरी कारबाहीलाई ‘व्यवस्थागत हिंसा र उत्पीडन’ को संज्ञा दिएको हो । यस कारबाहीका दौरान दुई स्थानीय मुसलमान नागरिकको मृत्यु भएको थियो ।
घटनापछि असम सरकारले यस मामिलाको न्यायिक जाँचको आदेश दिँदै गुवाहाटी हाइकोर्टका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा जाँच हुने बताएको थियो । बिहीबार साँझ ट्वीटरमा जारी बयानमा ओआईसीले यस मामिलामा मिडिया कभरेजलाई शर्मनाक बताउँदै भारत सरकारसँग जिम्मेवार रूपमा प्रस्तुत हुन अपिल गरेको छ ।
#OIC General Secretariat condemned the "systematic persecution and violence" ramping up against the Muslim community in #Assam, #India, claiming lives of Muslims, during protests against an eviction drive of hundreds of Muslim families from the state. pic.twitter.com/0EZWqmKj5u
— OIC (@OIC_OCI) October 7, 2021
बयानमा ओआईसीले मुसलमान अल्पसङ्ख्यकको सुरक्षा गर्न र उसको सबै धार्मिक र सामाजिक मौलिक अधिकारलाई सम्मान गर्न पनि अपिल गरेको छ । राष्ट्रिय सम्प्रभुताभित्र कुनै पनि मुद्दा समाधान गर्ने सबैभन्दा सही माध्यम भनेको छलफल नै भएको ओआईसीले सुझाव दिएको छ । यसबारेमा भारतले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।
असमको दरंग जिल्लाको तीन नम्बर धौलपुर गाउँमा २३ सेप्टेम्बरमा ‘अवैध अतिक्रमण’ हटाउने प्रहरी कारबाहीका दौरान हिंसक झडप भएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो । यसमध्ये एकको मृत्यु प्रहरीको गोलीबाट भएको थियो । प्रशासनका अनुसार घटनामा ८ जना प्रहरी घाइते भएका थिए ।
ओआईसीले भारतको आन्तरिक मामिलामा राय प्रस्तुत गरेको यो पहिलो पटक भने होइन । गत जुलाईमा ओआईसीले कश्मीरको विषयमा पनि आफ्नो बयान जारी गरेको थियो जसलाई भारत सरकारले अनावश्यक हस्तक्षेप बताएको थियो । ओआईसी विश्वभरका ५७ मुस्लिम बहुल राष्ट्रहरूको संगठन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव