ब्राजिलको अपराजित यात्रा कायम, अर्जेन्टिना रोकियो

भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले हराएको हो ।
खेलको ११ औँ मिनेटमा एरिक रामिरेजले भेनेजुएलालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर ब्राजिलले लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । मार्किन्होसले खेलको ७१ औँ मिनेटमा बराबरी गोल फर्काए भने ग्याब्रियल बारबोसाले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । इन्जुरीमा एन्टोनीले अर्को गोल थप्दै ब्राजिलको जीत सुनिश्चित गरे ।
उता, अर्जेन्टिना भने पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा नियन्त्रण बनाए पनि अर्जेन्टिनाले गोलका अवसरहरू सदुपयोग गर्न असफल रह्यो । त्यस्तै, उरुग्वे र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् ।
९ खेलमा ९ मा नै जीत हासिल गर्दै ब्राजिल २७ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहेको छ । १९ अङ्कसहित अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबारको दिन आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?