शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा रहेका नेपालीले राखे जमरा

शुक्रबार, २२ असोज २०७८, ०७ : ५५
शुक्रबार, २२ असोज २०७८

अमेरिकामा दसैँको पहिलो दिन घटस्थापनासंगै नेपालीको दसैँ सुरु भएको छ । अमेरिकामा सोमबार बिहानै नेपाली मन्दिर र सामुदायिक केन्द्रका गुरु, पुरोहित पदाधिकारीसहित स्वयम् सेवकहरुले जमरा राखेका छन् । साथै, केही नेपालीहरुले आफ्नै घरमा दसैँको सुरु संगै जमरा राखेका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपाली सामुदायिक केन्द्र तथा मन्दिरहरूमा चहलपहल र साँझपख दर्शन गर्न पुगेका छन् । गत बर्ष महामारीको कारण खल्लो रहेको दसैँ यस वर्ष अमेरिकामा निकै खुला हुने र मन्दिरहरूमा पनि भीड देखिएको छ ।  नेपालीहरुले स्थापना गरेका मन्दिर तथा हिन्दुहरुले स्थापना गरेका मन्दिरहरूमा पनि दर्शन गर्न खुला गरिएको छ । 

अमेरिकाको डिसी महानगर क्षेत्रमा मात्र रहेका अमेरिकन नेपाली सामुदायिक केन्द्र (न्याक) ,पशुपति बुद्ध मन्दिर मेरिल्याण्ड तथा हिन्दु बुद्ध मन्दिरमा पनि विधिवत विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिएको छ । न्याकले साँझपख भजनकृतन तथा आराधना पनि हरेक दिन संचालन गरि रहेको छ ।

त्यसैगरि क्यालिफोर्निया ,टेक्सस, बोस्टन ,केन्टकी लगायत थुप्रै राज्यहरुमा नेपालीहरुले मन्दिर तथा सामुदायिक केन्द्र स्थापना गरिसकेका छन् । भर्जिनियाको अमेरिकन नेपाली सामुदायिक केन्द्र (न्याक) समुदायलाई जमरा वितरण गर्ने भएको छ ।  

त्यसैगरि बुद्ध हिन्दु मन्दिरमा पनि विशेष कार्यक्रम गरिएको थियो ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि अमेरिकामा पनि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  तर अमेरिकामा मन्दिर र सामुदायिक केन्द्रले विधिवत पूजा गरेका छन् ।  
 
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप