शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा शक्तिशाली भूकम्प

बिहीबार, २१ असोज २०७८, २० : ३७
बिहीबार, २१ असोज २०७८

जापानमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ । भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ । स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए । 

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन । भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप