सरल बैंकिङ सेवा सुरु, बैंक/वित्तीय सेवाबारे जानकारी सजिलै लिन सकिने
बैंक तथा वित्तीय संस्थाका सेवाबारे सबै जानकारी सजिलै उपलब्ध गराउने उद्देश्यसाथ ‘सरल बैकिङ्ग सेवा’ सञ्चालनमा ल्याइएको छ । यस्ता संस्थाहरूले प्रदान गर्ने कर्जा तथा ब्याजदरसहित अनलाइन बैंकिङसम्बन्धी सबै जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यसाथ सरल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक सुनिस कुमार लाखेले जानकारी दिएका छन् । उनका अनुसार सरल बैंकिङ्ग सेवामा क्लिक गरेबापत ग्राहकले कुनै शुल्क तिर्नुपर्ने छैन ।
घटस्थापना (आज) देखि कम्पनीले सेवा थालेको छ । सरल बैंकिङ्ग सेवामा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने निक्षेप कर्जा, ब्याजदरको तुलना गर्न सकिनेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने ब्याजदरबीच तुलना गर्न पनि सकिनेछ । कर्जा लिएपछि बुझाउनुपर्ने मासिक किस्ता (इएमआई) तथा योग्यता मापन (इलिजिबिलिटी क्याल्कुलेट) पनि गर्न सकिनेछ ।
यस्ता छन् अन्य सुविधा :
– यसमा बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने क्रेडिट कार्डबारे सम्पूर्ण जानकारी
– कर्जा तथा ब्याजदरसम्बन्धी जानकारी चाहिएका सीधै साइटमा गएर त्यहाँ भएको च्याट बक्समा म्यासेज गरेर पनि सहायता सकिने वा अथवा दिइएको फोन नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिने
– सरल बैंकिङ्ग सेवामा लग इन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तीय संस्थामा सजिलै खाता खोल्न सक्ने । आवश्यक प्रकृया अघि बढाउन सक्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी